Logo
Logo

बाजुरामा पाक्यो बेमौसमी गहुँ


- दृष्टि न्युज/संवाददाता


  • नन्दा थापा

बाजुरा, १६ मंसिर । जिल्लाको बडिमालिका नगरपालिका–७ ढम्कनेमा परीक्षणका लागि लगाएको गहुँ बाली पाक्न सुरु भएको छ । बेमौसमी बालीको रुपमा परीक्षणस्वरुप लगाएको wk3027i र wk3027r  प्रजातीको गहुँ पाकिसकेको छ भने wk3026i प्रजातीको गहुँ बाली पाक्न बाँकी रहेको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।


बेमौसमी बाली कृषि ज्ञान केन्द्रको बीउ तथा प्राविधिक सहयोग र वडा कार्यालयको समन्वयमा परिक्षण कार्य गरिएको वडा अध्यक्ष पाध्यायले बताए । सुरुवाती चरणमा बाली परिक्षणका लागि लगाएको गहुँबाली पाकेपछि परिक्षण सफल भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । उनका अनुसार सुदुरपश्चिमका सबै जिल्लाभन्दा पहिले पटक बाजुरा जिल्लामा यो गहुँको विउ काठमाण्डौंबाट परिक्षणका लागि ल्याइएको हो । जिल्लामा पहिलो पटक जुकोट, डोगडी र ढम्कनेमा मात्र परिणको लागि साउनको पहिलो साताबाट लगाईएको अधिकारी जैशीले बताए ।
बेमौसममा लगाएको बाली भएकोले थोरै चराले खाएर नोक्सान गरेको ज्ञान केन्द्र बाजुराले जनाएको छ । बडिमािलका नगरपालिको सबै भन्दा उचाइमा रहेको ढम्कने क्षेत्रमा पनि सो परिक्षण सफल भएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले बताए ।
बहुबालीको परीक्षण सफल भएकोमा स्थानीय कृषकले खुसी ब्यक्त गरेका छन् । साथै कार्तिकमा गहुँ पाकेकोले खुसी ब्यक्त गर्दै अब आलु बाली पनि बेमौसमी बनाउन कृषकहरूले अनुरोधसमेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्