Logo
Logo

एसीसी प्रिमियर कप : नेपालले भुटानलाई दियो ११४ रनको लक्ष्य


126
Shares

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा भुटानविरुद्ध नेपाली महिला टिम ११३ रनमा अलआउट भएको छ । मलेसियामा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरेकोमा १९ दशमलव ६ ओभरमा सबै विकेट गुमाएर ११४ रनको लक्ष्य दिएको हो ।

The current image has no alternative text. The file name is: crickt-woman.jpg

नेपालका लागि सीता राना मगरले ३७ रन, रुविना क्षेत्रीले २४ रन, सम्झना खड्काले १० रन र सोनी पाख्रीनले १३ रन बनाउनबाहेक अन्यले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

भुटानका लागि सोनाम छोदेन र छिरिङ साङबोले समान ३-३ विकेट लिए । रिया प्रधान र रित्सी छोदेनले १–१ विकेट लिँदा अन्जु गुरुङले २ विकेट लिइन् । 

प्रतिक्रिया दिनुहोस्