Logo
Logo

एसीसी महिला प्रिमियर कप : नेपालले भुटानलाई ५१ रनले हरायो


252
Shares

 काठमाडौं । एसीसी महिला प्रिमियर कप २०२६ मा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याउँदा भुटानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ६२ रन मात्र बनाएको हो ।

The current image has no alternative text. The file name is: cricket-woman.jpg

बिहीबार क्वालालम्पुरस्थित कोलेज तुआन्कु जाफर ओभलमा भएको खेलमा ओपनर दिचेन वाङमोले सर्वाधिक ३९ रन बनाइन् । उनले ६० बलको सामना गर्दै ५ चौका प्रहार गरिन् ।

चाडो ओमले २१ बलमा ११ रन बनाइन् । अन्य व्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि रुविना क्षेत्रीले घातक बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन् । रिया शर्माले २ तथा कविता कुँवर र मनिषा उपाध्यायले १-१ विकेट लिइन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । टोलीका लागि सीता राना मगरले २८ बलमा ३७ रनको योगदान दिइन् । उनले ६ चौका प्रहार गरिन् ।

रुविना क्षेत्रीले २१ बलमा २४ रन जोडिन् । उनले ३ चौका प्रहार गरिन् । सोनी पख्रिनले १३ रन तथा ओपनर सम्झना कुमारीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।  भुटानका लागि सोनम र छिरिङ जाङ्गोले ३-३ विकेट हात पारिन् । अञ्जु गुरुङले २ विकेट तथा रितिसी छोदेन र रिया प्रधानले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्