Logo
Logo

नेकपाको बैठक २० गतेसम्मका लागि स्थगित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ मंसिर ।
नेपाल कम्युष्टि पार्टीको आज बस्ने भनिएको सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपीले समय मागेपछि बैठक स्थगित भएको हो ।

बुधबार अन्य नेताहरु छलफलका लागि बैठक कक्षमा पुगेपछि ओली अनुपस्थित भएका थिए। त्यसपछि बैठक सरेको हो ।


ओली सकेसम्म बैठक टार्ने पक्षमा थिए । जसकारण १ बजे बस्ने भनिएको बैठक २ बजेका लागि सारिएको थियो । सचिवालयमा अल्पमतमा परेपछि संकटमा परेका ओलीले नयाँ रणनीति बनाउका लागि तीन दिनका लागि बैठक सारेका हुन् ।

सचिवालय बैठक सरेपछि बिहीबार बस्न लागेको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ । केन्द्रीय कमिटी बैठक पनि अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्