Logo
Logo

ओमानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै


756
Shares

काठमाडौं । नेपालले आज सिंगापुरमा जारी एशियन गेम्सका क्रिकेटतर्फको छनोट प्रतियोगिताको सेमिफाइनलमा ओमानको सामना गर्दै छ ।

The current image has no alternative text. The file name is: cricket-4.jpg

यस खेलमा ओमानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । 

त्यस्तै आज दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया खेल्दै छन् । नेपाल र मलेसिया समूह ए बाट र हङकङ र ओमान समूह बी बाट समूह विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।  यी चारै देश जापानमा हुने एशियन गेम्समा छनौट भएका छन् ।

एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिँदै छन् । जसमा जापान आयोजकको रूपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान स्वतः छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्