Logo
Logo

ओमानले नेपाललाई दियो ९५ रनको लक्ष्य


693
Shares

काठमाडौं । ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । जारी एशियन गेम्सको क्रिकेटतर्फको छनोट खेलको सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको हो ।

The current image has no alternative text. The file name is: cricket-5.jpg

सिंगापुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अल आउट हुँदै ९४ रन बनाएको हो । 

ओमानका लागि कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाएका थिए भने जुबैर अली अकबरले २२ रन तथा अब्दुलजलिल खानले १६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट तथा शहाब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्