काठमाडौं । एसियन गेम्स छनोटको फाइनलमा नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ । सिंगापुरस्थित सिंगा ओभलमा नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

कप्तान दिपेन्द्र सिंह ऐरीको यो १०० औं टी २० अन्तर्राष्ट्रिय खेल हो । नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै, हङकङले मलेसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
तेस्रो स्थानको लागि भएको खेलमा मलेसियाले ओमानलाई ८ विकेटले पराजित गरेको छ ।














