Logo
Logo

विश्वकप २०२६ जान लागेका एन्फा नेतृत्वलाई राखेपको रोक


315
Shares

राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई फिफा विश्वकप २०२६ का लागि विदेश जान अनुमति दिन अस्वीकार गरेको छ।

The current image has no alternative text. The file name is: anfa.jpg

आर्थिक अनियमिततासम्बन्धी छानबिन जारी रहेको कारण यसअघि अध्यागमन विभागले पनि एन्फाका पदाधिकारीलाई विदेश यात्रा रोक लगाएको थियो । सोही निर्णय फुकुवाका लागि उनीहरू आज राखेप पुगेका थिए, तर परिषद्ले अनुमति दिन अस्वीकार गरेको सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिएका छन् ।

स्रोतका अनुसार विश्वकपमा सहभागी हुन उनीहरू मेक्सिको प्रस्थान गर्ने तयारीमा थिए । तर अध्यागमनले राखेपको सिफारिस आवश्यक पर्ने बताएपछि उनीहरू परिषद् पुगेका थिए ।

गत वैशाखदेखि नै आर्थिक विषयको छानबिनका आधारमा एन्फाका पदाधिकारीलाई विदेश यात्रा रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्