सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गर्दै उपाधि जितेको छ।

पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। उसका लागि अंशुमन राथले ८० रन र शाहिद वासिफले ५५ रनको योगदान ग रे। नेपालका शेर मल्लले ४ विकेट लिए भने करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट लिए ।
१९० रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो। त्यसपछि डीएलएस पद्धतिअनुसार नेपालको स्कोर अगाडि रहेकाले नेपाल विजयी घोषित भयो।
नेपालका लागि कुशल भुर्तेलले ६५ रनको अर्धशतकीय पारी खेले भने रोहित पौडेल ३५ रनमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरी ९ रनमा अविजित रहे । हङकङका एहसान खान र आयुष शुक्लाले १–१ विकेट लिए।














