Logo
Logo

अमेरिका हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो


2k
Shares

काठमाडौं । भोलिदेखि सुरु हुन लागेको विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइएका छन् ।

विश्वकप फुटबल हेर्न मेक्सिको जानका लागि आज बिहान त्रिभुवन विमानस्थलमा पुगेका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले फर्काइदिएको हो ।

आर्थिक विषयको छानबिनका लागि राखेपले नेम्वाङ राईसहितका एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको छ ।
खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का बोधार्थ पत्रको आधारमा नेम्वाङ र राईलाई विमानस्थलबाट फर्काइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्