काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार समूह चरणको दोस्रो खेलमा हाइटीविरुद्ध स्कटल्यान्ड विजयी भएको छ ।

खेल सुरु भएको २८औँ मिनेटमा जोन म्याकगिन्नले गोल गरेर स्कटलयान्डलाई अग्रता दिलाएका थिए । त्यसपछि हाइटीका खेलाडीले गोल फर्काउन सकेनन् ।
विश्वकपमा पुनरागमन गरेको हाइटी र २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ ।














