Logo
Logo

रअ प्रमुखको भ्रमणको रिजल्ट आइसक्योः परराष्ट्रमन्त्री ज्ञवाली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ मंसिर ।
भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारमा फलदायी भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । उनको भ्रमणले सम्बन्ध सुधारमा रिजल्ट नै ल्याइसकेको उनको भनाई छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषय संसदीय समितिमा छलफलमा उनले यस्तो भएका हुन् । सत्तारुढ नेकपाकै सांसद भीम रावल तथा प्रतिपक्षी दलका सांसदहरूले समेत गोयल र प्रधानमन्त्री ओलीबीचको भ्रमणबारे प्रश्न गरेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिएका छन् ।
बैठक मन्त्री ज्ञवालीले सांसदहरू पुरानै कुरामा अल्झिएर बसेको भन्दै व्यंग्य पनि गरेका छन् । ‘सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू,’ उनले भने, ’उहाँ रअ प्रमुखका रूपमा नेपाल आउनुभएको होइन । प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो ।’
भ्रमण पारदर्शी नभएको भन्दै रावल र कांग्रेस सांसद प्रकाशमान सिंहले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले थपे, ’कूटनीतिमा यस्ता खालको संयन्त्रहरू, माध्यमहरू प्रयोग हुन्छन् कि हुन्नन् माननीयज्यू ?’

दुई देशबीच सम्बन्ध तिक्त रहेको बेला अन्य विकल्प लगाएर छलफल हुने गरेको ज्ञवालीको भनाइ थियो । ’कहिले व्यापारी प्रयोग हुन्छन्, कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन्,’ उनले थपे, ’नाकाबन्दी भएको बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन र ? त्यसकारण यसलाई ठूलो विषय बनाउनु पर्दैन ।’

 

प्रतिक्रिया दिनुहोस्