Logo
Logo

नेप्से परिसूचक १२.२६ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार


315
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.२६ अंकले घटेर २ हजार ७११.७६ विन्दुमा झरेको छ।

The current image has no alternative text. The file name is: Share-Market-Down-nepse.jpg

आज कुल ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारमा आएका कम्पनीमध्ये ७३ वटाको सेयर मूल्य बढेको छ भने १८८ वटाको घटेको छ। बाँकी १२ कम्पनीको मूल्य स्थिर रहेको छ। आज सोपान फर्मास्युटिकल्स र अपोलफ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। दुवै कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। यसको ३८ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दोस्रोमा नेपाल बैंक डिबेन्चर २०८५ को २७ करोड ४ लाख रुपैयाँ र तेस्रोमा लक्ष्मी सनराइज बैंकको २२ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत सूचकमा आज सबै क्षेत्र रातो देखिएका छन्। फाइनान्स, अन्य र ट्रेडिङ समूह एक प्रतिशतभन्दा बढीले घटेका छन्।

प्रतिक्रिया दिनुहोस्