काठमाडौं । सन् २०१० मा विश्वकप जितेको स्पेन क्यानडा, अमेरिका र मेक्सिकोमा जारी विश्वकपको आफ्नो पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको छ ।

ग्रुप एचअन्तर्गत सोमबार राति भएको खेलमा नवप्रवेशी टोली क्याबो भर्डेले स्पेनलाई ०-० मै रोकेको हो । स्पेनले दोस्रो हाफमा लमिन यमाललाई ल्याए पनि गोल गर्न सकेन ।
७४ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखे पनि स्पेनले गोल भने गर्न सकेन। उसले क्याबोको विरुद्ध २३ शट्स प्रहार ग¥यो। जसमा ८ वटा निशानामा परेका थिए । जब कि २६ प्रतिशत बल पोसेसन राखेको क्याबोले ६ शट्स प्रहार गर्दा १ शट मात्रै निशानामा पारेको थियो ।
यद्यपि दुवै टोली गोल गर्न असफल रहे । स्पेनले खेलमा ११ वटा कर्नर पाएको थियो । योसँगै ग्रुप एचमा स्पेन र क्याबो भर्डेले समान १ अङ्क जोडेका छन् । दुवै यो ग्रुपको पहिलो र दोस्रो स्थानमा उक्लिएका छन् ।














