Logo
Logo

बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडे


441
Shares

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति अमेरिकाको सियाटलमा भएको खेलमा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

The current image has no alternative text. The file name is: fooot.jpg

समूह ‘जी’ को यो खेलमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेका हुन् ।  इजिप्टले खेलको १९ औँ मिनेटमा पहिलो गोल गरेको थियो । 

टोलीका कप्तान मोहम्मद सलाहको पासमा इमाम अशोरले पेनाल्टी बक्सबाट सशक्त प्रहार गर्दै देशको लागि गोल गरेका थिए । अशोरले राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन् ।

भेट्रान स्ट्राइकर रोमेलु लुकाकुलाई ६६ औँ मिनेटमा मैदानमा उतारेपछि बेल्जियमले सशक्त प्रदर्शन गरेको थियो । 

इजिप्टका मोहम्मद हानीले लुकाकुलाई रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो । त्यसपछि खेलमा कुनै गोल हुन सकेन । 

प्रतिक्रिया दिनुहोस्