काठमाडौं । फिफा विश्वकप-२०२६ मा उरुग्वे र साउदी अरबबीचको खेले बराबरीमा सकिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मङ्गलवार बिहान भएको खेलमा दुवै टोली १-१ बराबरीमा रोकिएका हुन् ।

साउदीले खेलको ४१ औँ मिनेटमा अग्रता लिएको थियो । अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर उरुग्वे खेलमा फर्कियो । ८० औँ मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । बल पोजिसनमा उरुग्वे अघि रहेपनि थप गोल गर्न सकेन । खेलभर सर्ट अन टार्गेट उरुग्वेले ११ पटक र साउदीले ३ पटक प्रहार गरेका थिए ।
यो खेलसँगै समूह ‘एच’ मा ४ वटै टोलीले पहिलो खेलपछि समान एक अङ्क जोडेका छन् । यसअघि स्पेन र केप भर्डे पनि १-१ को बराबरी खेलेका थिए ।
यसअघि आज भएको पहिलो खेलमा बेल्जियम र इजिप्ट १–१ को बराबरीमा रोकिएका थिए । आजको तेस्रो खेलमा इरान र न्यूजिल्यान्ड भिड्नेछन् । उक्त खेल बिहान पौने ७ बजेबाट सुरु हुनेछ ।














