Logo
Logo

इरानले विश्वकपको खेल सक्ने बित्तिकै अमेरिका छाड्नुपर्ने


504
Shares

काठमाडौँ । विश्वकप २०२६ मा सहभागी इरानको राष्ट्रिय टोलीले खेल समाप्त हुनेबित्तिकै केही घण्टाभित्रै देश छाड्नुपर्ने भएको छ ।

संयुक्त राज्य अमेरिकाका अधिकारीहरूका अनुसार यो नियम लस एन्जलस र सियाटलमा हुने समूह चरणका खेलपछि पनि लागू हुने बताइएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालयअन्तर्गतको फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु जिउलियानीले एपीसँग कुरा गर्दै, ‘यो प्रक्रिया पहिले नै स्पष्ट गरिएको थियो,’ भन्दै निर्णयको बचाउ गरेका छन्।

राजनीतिक तनावपूर्ण वातावरणबीच इरानले सोमबार लस एन्जलसमा न्युजिल्यान्डसँग समूह ‘जी’ को खेलमा बराबरी खेलेको थियो । तर खेलपछि टोलीलाई केही घण्टामै अमेरिका छाड्न आदेश दिइएको थियो ।

इरानका प्रशिक्षक अमिर घालेनोईले खेलपछि टोलीले सामान्य रिकभरीका लागि होटलमा बस्ने अपेक्षा गरेको भए पनि केही घण्टामै मेक्सिको फर्किन बाध्य भएको बताएका छन् ।

इरानी प्रतिनिधिमण्डल खेल सकिएलगत्तै करिब राति ८ बजे स्थानीय समय अनुसार अमेरिका छाडेर आफ्नो बेस क्याम्प मेक्सिको फर्किएको थियो ।

इरानका खेलाडी मेहदी तोराबीको भिसा अवधि पहिलो खेलपछि समाप्त भएको थियो । तर अमेरिकी विदेश मन्त्रालयले पछि उनलाई बहु–प्रवेश भिसा उपलब्ध गराएर समस्या समाधान गरेको बताएको छ ।

विदेश मन्त्रालयले भनेको छ, ‘हामीलाई जानकारी हुनासाथ हामीले खेलाडी सबै खेलमा सहभागी हुन सकून् भनेर आवश्यक व्यवस्था गरेका छौँ ।’

तर टास्क फोर्सका जिउलियानीका अनुसार केही सपोर्ट स्टाफ र अधिकारीहरूलाई भने सुरक्षा कारण देखाउँदै अमेरिका प्रवेश अनुमति दिइएको छैन । उनले यसलाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ९आइजीआरसी० सँग सम्बन्धित व्यक्तिहरूमाथिको नीति भएको बताए ।

प्रतिक्रिया दिनुहोस्