Logo
Logo

अर्थमन्त्री वाग्लेले बजेटमा त्रुटि भएको स्वीकारे


567
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमा अंकगणितीय त्रुटि रहेको स्वीकार गरेका छन् । 

The current image has no alternative text. The file name is: sownirm-wakle.jpg

सांसदहरूले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगत बजेट एक्सेल सिटमा लुकेको (हाइड रो) रहेको बताए । उनले भने, “सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगततर्फको कार्यक्रम एलएमबीआईएस (मन्त्रालयगत बजेट सूचना प्रणाली) मा एक्सेल सिटमा लुकेको र रोहरू हाइड हुँदा विकास कार्यक्रम पुस्तिकामा नदेखिएको सही हो,”। तर, कुल विनियोजित बजेट रकममा कुनै फरक नपरेको उनले स्पष्ट पारे ।

श्रम, संस्कृति र पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले बजेट पुस्तिकामा नै अङ्क जोडाइमा ठूल्ठूला त्रुटि रहेको बताएका थिए । उनले विभिन्न पानामा देखिएका त्रुटिका उदाहरण दिँदै प्रश्न उठाएका थिए । सांसद राईले भनेका थिए, “पाना नम्बर १६ मा बजेट नम्बर ३०१०९०११ को कुल पुँजीगतमा ११०६.४३ लेखिएको छ, तर जोड्दा ११०३.४३ मात्र आउँछ ।” यस्तै पाना नम्बर २० र २१ मा चालु खर्चमा ६४ लेखिए पनि वास्तविक जोडाइमा ५३.५८ मात्र आउने, पाना नम्बर १९ को पुँजीगत र पाना नम्बर ११ को चालु जोर्दा १७२९.५ भनिए पनि वास्तविकमा फरक पर्ने, पाना नम्बर २७ र २८ मा टोटल १५३ लेखिए पनि जोड्दा १४३ मात्र आउने जस्ता धेरै त्रुटि औँल्याएका थिए । “बजेटको अंककणितमै हामी फेल भइराखेका छौँ भने नीति बनाउन कसरी सक्छौँ ?” भन्दै उनले सरकारलाई प्रश्न गरेका थिए ।

“एक प्लस एक दुई हुनुपर्ने ठाउँमा तीन लेख्ने यो क्लियरिकल मिस्टेक हो कि नियतवश गरिएको हो रु”अर्थमन्त्री वाग्लेले यी त्रुटिहरूलाई स्वीकार गर्दै जवाफ दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्