Logo
Logo

अष्ट्रेलियालाई २-० ले पराजित गर्दै अमेरिका नकआउट चरणमा


189
Shares

काठमाडौं । अमेरिकाले फिफा विश्वकप २०२६ मा लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ । सिएटल स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गर्दै अमेरिका नकआउट नकआउट चरणमा पुगेको हो । 

The current image has no alternative text. The file name is: usa-2.jpg

यस जितपछि अमेरिका कम्तीमा उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरणमा पुग्ने निश्चित भएको हो ।

समूह ‘डी’ मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो ।

पहिलो हारपछि अष्ट्रेलियाको दुई खेलबाट ३ अङ्क छ । पाराग्वे र टर्की अङ्कविहीन छन् ।

शनिवार बिहान हुने खेलमा पाराग्वेले टर्किएसँग हार टारेमा अमेरिका शीर्ष दुईमा रहेर नकआउट चरणमा पुग्ने पक्का हुनेछ ।

अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गर्दा एक गोल उपहार पायो ।अमेरिकाले अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत पहिलो अग्रता लिएको थियो । खेलको ११औँ मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले अष्ट्रेलियाको डिबक्सभित्र क्रस गराएका थिए ।

त्यसपछि अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर मिल्यो । ४३औँ मिनेटमा एलेक्स फ्रीम्यानले गोल गर्दा अमेरिकाले अग्रतालाई दोब्बर बनायो । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।

अष्ट्रेलियाले पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो प्रदर्शन गरेपनि गोल निकाल्न सकेन ।

प्रतिक्रिया दिनुहोस्