काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन असार २२ गते हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार तेस्रो सिजनको अक्सन असार २२ अर्थात् जुलाई ६ मा हुने भएको हो ।
यसअघि एनपीएलका सबै आठ फ्रेन्चाइजीले आगामी सिजनका लागि खेलाडी रिटेन र रिलिज गरेका थिए । जस अनुसार मधेश प्रदेशले मार्की खेलाडी आसिफ सेखलाई रिलिज गरेको छ भने अन्य सबै टिमले मार्की खेलाडीलाई रिटेन गरेका छन् ।














