काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने ऐतिहासिक कीर्तिमान बनाएका छन् ।

अस्ट्रियाविरुद्धको जारी खेलको ३८औँ मिनेटमा गोल गर्दै मेसीले विश्वकप इतिहासमा आफ्नो गोल सङ्ख्या १७ पुर्याएका हुन् । यससँगै उनले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको सर्वकालीन कीर्तिमानलाई भङ्ग गरेका छन् ।
यद्यपि, यो खेलसँगै मेसीको नाममा एउटा अप्रिय ओहोदा पनि थपिएको छ । उनी विश्वकप इतिहासमा सर्वाधिक पेनाल्टी मिस गर्ने खेलाडी समेत बनेका छन् । मेसीले विश्वकपमा पाएका कुल ७ पेनाल्टीमध्ये ३ पटक गोल गर्न चुकेका छन् ।














