Logo
Logo

दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक नकआउट चरणमा


630
Shares

काठमाडौं । दक्षिण अफ्रिका पहिलो पटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको हो ।

The current image has no alternative text. The file name is: afrika.jpg

दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले निर्णायक गोल गरेका हुन् ।  थापेलोले ६३ औँ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो ।

चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिका पहिलो पटक समूह चरण पार गरेको हो । सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको थिएन ।

दक्षिण अफ्रिकाले ३ खेलबाट ४ अङ्क जोड्दै समूह उपविजेताको रूपमा नकआउटमा पुगेको हो । सहआयोजक मेक्सिको ९ अङ्कसहित समूह विजेता बन्दै नकआउटमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्