Logo
Logo

टर्कीले अमेरिकालाई ३-२ गोलले हरायो


252
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रवार बिहानको खेलमा अमेरिकालाई टर्कीले हराएको छ । लस एन्जलस रङ्गशालामा सम्पन्न खेलमा अमेरिकालाई टर्कीले ३-२ गोल अन्तरले हराएको हो । बराबरीमा चलिरहेको खेलको इन्जुरी टाइममा टर्कीका कान अयहानले गोल गरेका थिए । यो गोल नै निर्णायक बन्यो ।

The current image has no alternative text. The file name is: turkey.jpg

खेलको सुरुवाती १० मिनेटभित्रै दुवै टोलीले १-१ गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । समूह ‘डी’को यो खेलको ४९औँ मिनेटमा सेबास्टियन बर्हाल्टरले गोल फर्काएर अमेरिकाले फेरि बराबरीमा ल्याएको थियो ।

यसअघि अमेरिकाका लागि अस्टिन ट्रस्टीले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । यो गोल सँगै अग्रता लिएको अमेरिकालाई टर्कीले गोल फर्काएको थियो ।

खेलको १० औँ मिनेटमा टर्कीका अर्दा गुलरले टिमका लागि गोल फर्काएका थिए । यसपछि बराबरीमा खेलिरहेका बेला टर्कीका ओर्कुन कोक्कुले खेलको ३१औँ मिनेटमा दोस्रो गोल गर्दै अग्रता बनाएका थिए । यस्तै खेलको ४९औँ मिनेटमा सेबास्टियन बर्हाल्टरले गोल फर्काएर अमेरिकाले फेरि बराबरीमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्