Logo
Logo

स्पेन समूह ‘एच’को विजेता, उरुग्वे विश्वकपबाट बाहिरियो


0
Shares

काठमाडौं । विश्वकपमा उरुग्वेलाई हराउँदै स्पेन समूह ‘एच’को विजेता बनेको छ।

उरुग्वेमाथि स्पेनले १–० को जित निकालेको हो। स्पेनका लागि एलेक्स बेनाले निर्णायक गोल गरे। यसअघिको खेलमा स्पेनले केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो भने साउदी अरबलाई ४–० ले पराजित गरेको थियो।

अङ्क तालिकामा स्पेन ७ अङ्कसहित शीर्ष स्थानमा छ। यता उरुग्वेले साउदी अरबसँग १–१ र केप भर्डेसँग २–२ को बराबरी खेल्दै तालिकामा मात्र २ अङ्क जोड्न सक्यो। समूह चरणमा मात्र २ अङ्क मात्र भएपछि उरुग्वे प्रतियोगिताबाट बाहिरिएको हो।

केप भर्डे र साउदी अरबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि केप भर्डेले कुल ३ अङ्क जोडेको छ। गोल अन्तरका आधारमा केप भर्डे साउदी अरबभन्दा एक स्थान माथि रहन सफल भयो। केप भर्डेले यसअघि स्पेन र उरुग्वे दुवैसँग बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्