Logo
Logo

अल्जेरिया र अस्ट्रियाबीचको खेल बराबरीमा टुंगियो , दुवै टोली नकआउट चरणमा


63
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरिया र अस्ट्रियाबीचको रोमाञ्चक बनेर बराबरीमा टुङ्गिएको छ । दुवै टोलीले अन्तिम समयमा ३–३ गोलको बराबरीमा खेलेका हुन् । यो नतिजा आउन दुवै टोलीले इन्जुरी समयमा १-१ गोल थप्दा खेल रोमाञ्चक बनेको हो ।

The current image has no alternative text. The file name is: ausrai.jpg

खेलमा अस्ट्रियाले २८ औँ मिनेटमा अग्रता हासिल गरेको थियो । अस्ट्रियाका मार्को अर्नाटोभिचले गोल गर्दै अग्रता दिलाएका थिए ।४५ औँ मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५५ औँ मिनेटमा अस्ट्रियाका मार्सल सबिट्जरले गोल हानेर टिमलाई २–१ को अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै अल्जेरियाका रिहाद महरेजले बराबरी गोल फर्काउँदै बराबरीमा ल्याएका थिए ।

त्यसपछि निर्धारित ९० मिनेटसम्म थप गोल भएन । इन्जुरी समयको तेस्रो मिनेटमा महरेजले अर्को गोल गर्दै अल्जेरिया जित नजिक पुग्यो ।

तर, लगत्तै इन्जुरी समयकै छैटौँ मिनेटमा अस्ट्रियाका सासा कालाज्डेजिकले गोल फर्काएर खेल ३–३ को बराबरीमा टुङ्ग्याए ।

यो नतिजासँगै समूह ‘जे’बाट दुवै टोली नकआउट चरणमा प्रवेश पाए । एक जित, एक बराबर र एक हार बेहोरेर ४ अङ्क बटुलेको अस्ट्रिया अङ्क तालिकामा दोस्रो रहँदै नकआउट पुग्दा समान नतिजासहित ४ अङ्क बटुलेको अल्जेरिया गोलअन्तरले पछि पर्दै तेस्रो भयो ।

तर, प्रतियोगितामा उत्कृष्ट तेस्रोमा रहँदै उसले पनि नकआउट चरणमा स्थान बनाएको हो । यो समूहबाट सबै जित निकाल्दै साबिक विजेता अर्जेन्टिना समूह विजेता रह्यो ।

प्रतिक्रिया दिनुहोस्