Logo
Logo

प्रचण्डलाई फकाउने ओलीको प्रयास, बालुवाटारमा छलफल जारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ मंसिर ।
संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । नेकपा दुई अध्यक्षबीच बालुवाटारमा छलफल जारी छ ।


सचिवालय तथा स्थायी कमिटीमा अल्पमतमा रहेका नेता ओलीले फकाउनेका लागि प्रचण्डलाई बोलाएको स्रोत बताउँछ । गत २० गते पनि सचिवालय बैठकअघि उनीहरुबीच छलफल भएको थियो । २१ गतेको स्थायी कमिटीमा ओली उपस्थित भएका थिएनन् ।
शुक्रबार स्थायी कमिटीको बैठक बस्दै छ । प्रचण्ड तथा माधव नेपाल पक्ष ओलीलाई पेलेरै जाने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्