Logo
Logo

पेनाल्टीमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै मोरक्को अन्तिम १६ मा


126
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

The current image has no alternative text. The file name is: morocco.jpg

निर्धारित समय र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । त्यसमा मोरक्कोले संयमित प्रदर्शन गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो ।

नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले ७२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर इन्जुरी समयको पहिलो मिनेटमा इस्सा डियोपले चेम्स्दिन ताल्बीको पासमा गोल गर्दै मोरक्कोलाई खेलमा फर्काएका थिए ।

अतिरिक्त समयमा कुनै गोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो । जितसँगै मोरक्कोले अन्तिम १६ मा क्यानडासँग भेट पक्का गरेको छ भने नेदरल्यान्ड्सको विश्वकप यात्रा अन्तिम ३२ मै समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्