Logo
Logo

फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो


126
Shares

काठमाडौं । अतिरिक्त समयको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमा गोल गरेपछि सेनेगल विरुद्ध पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

The current image has no alternative text. The file name is: fifa.jpg

अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमले सेनेगललाई ३-२ ले पराजित गर्दै विश्वकपमा यात्रा कायमै राखेको हो ।

यस्तै कप्तान युरी थिलेमन्सले १२५औं मिनेटमा गरेको गोल विश्वकपमा अहिलेसम्म भएको मध्ये सबैभन्दा ढिलो गोल हो । ८५ मिनेटसम्म २-० को अग्रतासहित जितनजिक पुगेको सेनेगललाई रोमेलु लुकाकुको गोलले रोकेको थियो ।

निर्धारित समयको ५ मिनेटअघिसम्म बेल्जियम दुई गोलले पछि थियो । तर लुकाकु र कप्तान थिलेमन्सले निर्धारित समयमै गोल गरेपछि बेल्जियमले खेल २-२ को बराबरीमा पुर्‍याउँदै खेल अतिरिक्त समयसम्म लम्ब्याएको थियो । अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुने संकेत थिएन र खेल पेनाल्टीसुटबउटतर्फ धकेलिरहेको थियो । तर अतिरिक्त समयको अन्तिम मिनेटमा बेल्जियमले पेनाल्टी पायो ।

सेनेगलका लामिन क्यामाराले विपक्षी खेलाडीलाई डिबक्सभित्र लडाएपछि भिएआरको सहयोगमा बेल्जियमले पेनाल्टी पाएको थियो । जसमा कप्लेतान थिलेमन्सले गोल गर्दै बेल्जियमलाई ३-२ नाटकिय जित दिलाए ।

त्यसअघि  खेलको २४औं मिनेटमा हबीब डायरा र ५१औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई २-० को अग्रता दिलाएका थिए । तर  निर्धारित समयको अन्तिम ५ मिनेटसम्हालिन नसक्दा सेनेगलले अन्तिम १६ मा पुग्ने सुनौलो अवसर गुमायो ।

खेलको ८६ औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसको ३ मिनेटपछि युरी टिलेमान्सले गोल गर्दे बेल्जियमलाई बराबरीमा फर्काउन सफल भए ।

निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको अन्तिम मिनेटमा बेल्जियमले पेनाल्टी पाएपछि थिलेमन्सले गोल गर्दै जित दिलाए । बेल्जियमले अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबिचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्