Logo
Logo

कोरोनाबाट पूर्व सांसद लामाको निधन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ मंसिर ।
पूर्व सांसद एवं पूर्वराजदूत कमानसिंह लामाको कोभिड–१९ बाट मृत्यु भएको छ । उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान दुई बजे उनको निधन भएको हो । उनलाई आईसियुमा राखेर उपचार भइरहेकोमा बिहीबार निधन भएको नेकपाका प्रदेश सभा सदस्य रत्न ढकालले जानकारी दिए ।


सत्तारुढ नेकपाका नेता रहेका लामा माओवादीका तर्फबाट २०६४ सालको संविधानसभा निर्वाचनमा काभ्रेबाट सांसद भएका थिए । दक्षिण कोरियाको लागि राजदुत भएका लामा २०४८ सालमा पनि जनमोर्चाबाट सांसद बनेका थिए ।
यस अघि पनि लामाको किड्नीमा समस्या थियो । गतवर्ष फागुनमा पनि घरमा बेहोस भएपछि नर्भिक अस्पतालमा उनको उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्