Logo
Logo

१६ वर्षपछि नकआउट चरणमा पहिलो स्पेनको पहिलो जित


315
Shares

काठमाडौं । अस्ट्रियालाई ३-० ले पराजित गर्दे स्पेनले सन् २०१० पछि पहिलो पटक फिफा विश्वकपको नकआउट चरणमा जित हात पारेको छ ।

The current image has no alternative text. The file name is: spain.jpg

शुक्रार बिहान भएको खेलमा मिकेल ओयाजाबालको दुई गोल मदतमा स्पेनले अस्ट्रिया माथि सहज जित हात पारेको हो ।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेपछि स्पेनले विश्वकपकरुो नकआउट चरणमा पहिलो जित हात पारेको हो ।

स्पेनले अब अन्तिम १६ मा पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग खेल्नेछ । ओयाजाबालले दुवै हाफमा एक/एक गोल गर्दा पेड्रो पोरोले एक गोल गरे ।

लस एन्जल स्टेडियममा भएको खेलमा मिकेल ओयाजाबालले ३६औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए  । उनले मार्क कुकुरेलाको पासमा गोल गरेका हुन् ।

ओयाजाबालको यो गोल सन् २०१० को विश्वकपमा फाइनल आन्द्रेस इनेस्टाले नेदरल्यान्ड्स विरुद्ध गरेको गोलपछि विश्वकपको नकआउट चरणमा स्पेनको पहिलो गोल समेत हो ।

पहिललो हाफमा स्पेनले गोलका अन्य राम्रा अवसरहरु बनाएपनि अस्ट्रियाका गोलकिपर अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गर्दा स्पेनले गोल अन्तर बढाउने अवसर गुमाएको थियो ।

२९औँ मिनेटमा स्पेनका मार्क कुकुरेलाको गोल गरेपनि मान्यता पाएन । उक्त समयमा स्पेनका खेलाडीले अस्ट्रियाका गोलकिपरलाई अवरोध पुर्‍याएको भन्दै रेफ्रीले गोलको मान्यता दिएनन् ।

यस्तै ओयाजाबालले ३३औँ मिनेटमा गरेको प्रहार अस्ट्रियाका गोलकिपर अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गरे । पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा एलेक्स बाएनाको फ्रिकिमक बारमा लागेर फर्कँदा स्पेनले अग्रता दोब्बर पार्ने अवसर गुमायो । त्यही रिबाउन्डमा यमालले हालेको प्रहार गोलकिपर अलेजान्डर स्लागाले बचाए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको स्पेनले दोस्रो हाफमा दुई गोल थप्यफ । पेड्रो पोरोले ६६औँ मिनेटमा एलेक्स बाएनाको क्रसमा गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए । स्पेनका लागि यो पोरोको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो ।

त्यसपछि ओयाजाबालले ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । यस खेलमा दुई गोल गरेपछि जारी विश्वकपमा ओयाजाबालको गोल संख्यामा ४ पुगेको छ र गोल्डेन बुटको रेसमा दाबेदार बनेका छन् । उनले समूह चरणमा उनले साउदी अरेबिया विरुद्ध २ गोल गरेका थिए ।

ओयाजाबाल सर्वाधिक गोल गर्नेमा छैटौँ स्थानमा उक्लेका छन् । फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समान ६ गोल गर्दा नर्वेका एर्लिङ हालान्ड र इंग्ल्यान्डका कप्तान ह्यारी केनले ५-५ गोल गरेका छन् । यस्तै प्रान्सका उसमान डेम्बेलेले पनि ४ गोल गरेपनि २ असिस्ट गरेकोले ओयाजाबाल भन्दा अघि छन् ।

ओयाजाबाल, ब्राजिलमा भिनिसियस जुनियर र सेनेगलका इस्माइला सारले समान ४ गोल र १ असिस्ट गरेका छन् । त्यसमा ओयाजबालले कम समय खेलेकोले उनी अघि छन् ।

प्रतिक्रिया दिनुहोस्