Logo
Logo

क्यानाडामा पनि ‘फाइजर खोप’लाई स्वीकृति, अर्काे सातादेखि लगाउन सुरु गरिने


- दृष्टि न्युज/संवाददाता


ओटाव, २५ मंसिर (एजेन्सी) । क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप यहाँका नागरिकमा लगाउने गरी स्वीकृति दिएको छ । क्यानाडाको स्वास्थ्यसम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापक अनुसन्धान भएको र यहाँको सरकारले क्यानाडाका १६ वर्षभन्दा माथिको उमेरका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ ।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले यस फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा व्यापक मात्रामा खोजी र अनुसन्धान गरेको र त्यसपछि यो खोप लगाउन सुरक्षित देखिएको भन्दै उक्त खोप सिफारिश गरेको हो । अर्काे हप्तादेखि क्यानाडामा सो खोप लगाइने भएको छ । समाचारमा जनाइएअनुसार यहाँका स्वास्थ्य अधिकारीहरुले अर्काे हप्तासम्ममा क्यानाडामा यो खोप आइपुग्ने र नागरिकलाई लगाउन थालिने जनाएका छन् ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्काे हप्तासम्ममा यो खोप क्यानाडामा आइपुग्ने जानकारी दिनुभयो । उहाँले सो खोपको प्रभावकारिताको अनुसन्धान भएको र क्यानाडाका १४ वटा वितरक कम्पनीहरुले उक्त खोप यहाँ ल्याएर वितरण गर्ने बताएका छन् ।
उता पछिल्लो समयमा झन् कोरोनाबाट अति प्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि नै कोरोना विरुद्धको खोप लगाउने भएको यसअघि नै बताएको थियो । करिब एक साता पहिले नै फाइजर बायोएनटेक खोपको बेलायती नियामक निकायले अनुमति दिएको थियो । बेलायती कम्पनीहरुले यो खोप वितरण गरिसकेका छन् र नागरिकले पनि लगाउन थालेका छन् ।
त्यस्तै फ्रान्समा भने लकडाउन नै रहेको छ । यहाँका नागरिकको माग भए पनि लकडाउन खोल्न सरकार तयार भएको छैन । त्यसैले यहाँको सरकारले भने यस खोपका बारेमा कुनै निर्णय गरेको छैन । इंग्लयाण्ड, वेल्स तथा स्कटल्याण्डमा कोरोना विरुद्धको खोप शुरु भएको जानकारी बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । सबै अस्पतालमा राम्रो र उच्च क्षमतामा फ्रिज नहुदा समस्या हुनसक्ने बताइएको छ । यहाँका मिडियाले करिब आठ लाख डोज खोप बेल्जियमबाट बेलायत पुगेको बताइएका छन् । बेलायतमा चाँडै नै यो खोप प्रयोग गर्ने विषयमा विभिन्न प्रश्न उठेको भए पनि बेलायत सरकारले खोप प्रयोग गर्ने नागरिकको सुक्ष्म निरीक्षण गरेर खोप शुरु गर्ने जानकारी गतहप्ता नै दिएको हो ।
विश्व स्वास्थ्य संगठनले भने जसलाई खोप आवश्यक पर्छ, उसलाई मात्रै प्रयोग गर्न भनेको छ । अहिल्यै सबैलाई खोप दिनु जरुरी नभएको उसको भनाइ छ । यो खोपका लागि विश्वका विभिन्न देशले खरिद अनुमति दिएका छन् । यो खोप क्यानाडाले ३६ करोड, बेलायतले ३६ करोड इन्डोनेसियाले ३५ करोड, जापानले २९ करोड र ब्राजिलले १९ करोड डोजको भ्याक्सिनका लागि पहिले नै खरिदको अनुमति दिएका छन् ।
संसारभरमा हालसम्म ६ करोडभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये १५ लाख भन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्