Logo
Logo

अस्ट्रेलियालाई सातौँ पटक महिला टी-२० विश्वकप उपाधि


63
Shares

काठमाडौं । अस्ट्रेलियाले इङ्ल्यान्डलाई सात विकेटले पराजित गर्दै महिला टी-२० विश्वकप क्रिकेटको उपाधि सातौँ पटक जितेको छ । उत्कृष्ट बलिङ प्रदर्शनपछि बेथ मुनीको अर्धशतकीय इनिङ्सको मद्दतमा अस्ट्रेलियाले सहज जित दर्ता गरेको हो ।

The current image has no alternative text. The file name is: autrila.jpg

टस जितेर पहिले बलिङ रोजेको अस्ट्रेलियाले इङ्ल्यान्डलाई निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५० रनमा सीमित गरेको थियो । १५१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७.१ ओभरमा तीन विकेट मात्र गुमाएर १५३ रन बनाउँदै उपाधि आफ्नो नाममा लेखायो ।

महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङ्ल्यान्डबीच भएको यो चौथो भेट थियो । यसअघिका सबै फाइनलमा जस्तै यसपटक पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई पराजित गर्दै आफ्नो वर्चस्व कायम राख्यो ।

यसअघि अस्ट्रेलियाले सन् २०१२, २०१४ र २०१८ को फाइनलमा पनि इङ्ल्यान्डलाई हराएर उपाधि जितेको थियो । सन् २०२६ को फाइनलमा समेत विजय हासिल गर्दै अस्ट्रेलियाले विश्वकप फाइनलमा इङ्ल्यान्डविरुद्ध आफ्नो शतप्रतिशत जितको कीर्तिमान कायम राखेको छ ।

योसँगै अस्ट्रेलियाले महिला टी९२० विश्वकपको इतिहासमा कीर्तिमानी सातौँ पटक उपाधि जित्दै आफ्नो प्रभुत्वलाई थप मजबुत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्