Logo
Logo

मेक्सिकोले फर्कायो दोस्रो गोल


63
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इंग्ल्यान्डविरुद्ध सहआयोजक मेक्सिकोले दोस्रो गोल गरेको छ ।

The current image has no alternative text. The file name is: football-1.jpg

मेक्सिकोको घरेलु मेदान अज्टेका स्टेडियममा भइरहेको खेलमा राहुल जिमिनेजले ६९औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै गोल अन्तर ३९२ बनाएका हुन् ।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले गुटिरेजलाई पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले भिएबरको सहयोगमा मेक्सिकोलाई पेनाल्टी दिएका थिए । जसमा जिमिनेजले सहजै गोल गरे ।

त्यसअघि कप्तान ह्यारी केनले ६०औँ मिनेटमा पेनाल्टीमा गोल गरेपछि दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले ३-१ को अग्रता बनाएको थियो । पहिलो हाफमा इंग्ल्यान्डका जुड बेलिङहमले दुई तथा मेक्सिकोका जुलियन क्विनोनेसले एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्