Logo
Logo

यस्तो छ आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति (पूर्णपाठ)


63
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेका छन् । सार्वजनिक मौद्रिक नीतिले कर्जाको सहजीकरणका लागि विभिन्न लचिलो व्यवस्था गरेको छ ।

मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । त्यस्तै मुद्रास्फीति दर ५.५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ । मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बताए ।

गभर्नर पौडेलका अनुसार मौद्रिक नीतिले बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर, अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात हालकोलाई नै निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्