Logo
Logo

चितवनमा बलेरो दुर्घटना : दुई जनाको मृत्यु, ११ घाइते


- दृष्टि न्युज/संवाददाता


चितवन, २६ मंसिर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको दुर्घटनामा ११ जना घाइते भएका छन् ।
इच्छाकामना गाउँपालिका–६ जलबिरेनजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना४च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरूलाई भरतपुर अस्पताल लगिएको जनाइएको छ । बोलेरो अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भएको प्रहरी जनाएको छ । मृतकको परिचय खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्