काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाको अग्रता टिक्न सकेन। खेलको ६७औँ मिनेटमा ड्यान एन्डोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ को बराबरीमा फर्काएका छन् ।

अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले १० औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट असिस्टमा म्याक एलिस्टरले गोल गरेका थिए ।
तर दोस्रो हाफमा स्विट्जरल्यान्डले आक्रामक खेल प्रदर्शन गर्दै अर्जेन्टिनामाथि दबाब बढायो । त्यसैको परिणामस्वरूप ६७औँ मिनेटमा एन्डोयेले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।
बराबरीपछि खेल थप रोमाञ्चक बनेको छ । अब दुवै टोली सेमिफाइनलमा स्थान बनाउन निर्णायक गोलको खोजीमा छन् ।














