काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाविरुद्धको क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको छ ।

खेलको ६८औँ मिनेटतिर स्विट्जरल्यान्डका फरवार्ड ब्रिल एम्बोलोले पेनाल्टी क्षेत्रभित्र डाइभ गरेको भन्दै रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाए । दोस्रो पहेँलो कार्डसँगै उनले रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको हो ।
यसअघि खेलको ६७औँ मिनेटमा ड्यान एन्डोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ को बराबरीमा फर्काएका थिए। अर्जेन्टिनाले भने १० औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो ।
अब एक खेलाडी बढी भएको अर्जेन्टिनाले बाँकी समयको फाइदा उठाउँदै निर्णायक गोलको खोजी गर्नेछ भने १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड बराबरी जोगाउँदै खेललाई अतिरिक्त समयमा लैजाने प्रयासमा हुनेछ ।














