Logo
Logo

फिफा विश्वकप : स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा


63
Shares

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ। क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारको यात्रा तय गरेको हो ।

The current image has no alternative text. The file name is: sd.jpg

अमेरिकाको क्यान्सस सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले १० औँ मिनेटमा एलेक्सिस ग्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट असिस्टमा ग्याक एलिस्टरले गोल गरेका थिए।

तर दोस्रो हाफको ६७ औँ मिनेटमा ड्यान एन्डोयेले बराबरी गोल फर्काउँदै खेललाई १-१ को अवस्थामा पुयाए । त्यसको पाँच मिनेटपछि स्विट्जरल्यान्डका ब्रिल एम्बोलो दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदानबाट बाहिरिए, जसपछि स्विस टोली १० खेलाडीमा सीमित भयो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको ११२ औँ मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए भने इन्जुरी समयको पहिलो मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको जित पक्का गरे ।

यस जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग भेट पक्का गरेको छ। उक्त खेल नेपाली समयअनुसार बुधवार राति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्