Logo
Logo

एसीसी यू-१९ महिला प्रिमियर कप : नेपालको लगातार तेस्रो जित


63
Shares

काठमाडौं । नेपालले जारी एसीसी यू-१९ महिला प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । मलेसियामा मङ्गलवार सम्पन्न खेलमा नेपालले हङकङमाथि १८१ रनको फराकिलो जित हासिल गरेको हो ।

नेपालले दिएको २१२ रनको लक्ष्य पछाएको हङकङले २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाएको थियो ।

हङकङको ब्याटिङ लाइन ध्वस्त गर्न नेपाली बलर सोनी पाख्रिनले ४ विकेट लिएकी थिइन् भने मनिषा उपाध्यायले २ विकेट लिएकी थिइन् । यस अघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २११ रन बनाएको थियो । नेपालका लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ९० रन बनाएकी थिइन् भने सावित्री धामीले ५२ रन बनाएकी थिइन् । त्यस्तै अलिशा कुमारी यादवले अविजित २३ रन बनाएकी थिइन् ।

नेपालले समूह चरणका तिनै खेलमा शानदार जित हासिल गरेको छ । नेपालले सिङ्गापुरलाई १५१ रनको अन्तरले र कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अब क्वाटरफाइनल खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्