Logo
Logo

सुदूरपश्चिमका मुख्यमन्त्री र नेकपाका नेताहरुबिच छलफल जारी


252
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेकपाका नेताहरू छलफलमा जुटका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा प्रदेश सरकारको समसामयिक राजनीतिक अवस्था, सरकारको आगामी रणनीति तथा अन्य विविध राजनीतिक विषयमा छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

The current image has no alternative text. The file name is: sup.jpg

सरकारको भविष्य, बजेट र नयाँ राजनीतिक समीकरणबारे छलफल केन्द्रित रहेको बताइएको छ । बुधवार मात्रै मुख्यमन्त्री शाहले एमालेका ४ मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेशमा नयाँ समीकरणको चर्चा भइरहेको छ ।

नेकपाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक समेत बोलाएको छ । संसदीय दलका नेता खगराज भट्टले प्रदेश संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् । सुदूरपश्चिममा विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन नेकपाले बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्