Logo
Logo

आईसीसी विश्वकप लिग-२ मा आज नेपाल र नामिबिया खेल्दै


378
Shares

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग९ २ अन्तर्गत  नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको सिरिज आजदेखि सुरु हुँदै छ । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिविया खेल्ने तालिका छन् । यो खेल नेपाली समय अनुसार २:४५ बजेदेखि सुरु हुँदै छ ।

नेपाल र नामिबियाबीच अहिलेसम्म ८ एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ५ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ । त्यस्तै एक खेल नतिजा विहीन सकिएको छ ।

पछिल्लो पटक दुवै देशबीच २०२४ फेब्रुअरीमा खेल भएको थियो र सो खेल नामिबियाले २ विकेटले जितेको थियो । यस सिरिज खेल्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले १५ सदस्यीय टिम नेदरल्याण्डस पठाएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, इशान पाण्डे, आरिफ सेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।

लिग९२ यो सिरिज आजदेखि ३१ जुलाईसम्म हुने छ । यस सिरिज अन्तर्गत आज नेपाल र नामिबिया खेल्दै छन् भने जुलाई २३ मा नेपाल र नेदरल्याण्डस खेल्दै छन् । त्यस्तै जुलाई २५ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने छ भने जुलाई २७ मा नेपाल र नामिबिया,  जुलाई २९ मा नेपाल र नेदरल्याण्डस र जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने तालिका छन् ।

लिग-२ को अहिलेसम्मको अङ्क तालिकामा नेदरल्याण्डस २८ खेलमा ३२ अङ्कसहित तेस्रो स्थानमा छ भने नेपाल २८ खेलमा २४ अङ्कसहित पाँचौँ स्थानमा छ । त्यस्तै नामिबिया २८ खेलमा २२ अङ्कसहित सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्