काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा नेपालले आज नेदरल्याण्डससँग खेल्दै छ । सिरिजको दोस्रो खेलमा आज नेपाल र नेदरल्याण्डस आमने सामने हुँदै छन् । यो खेल नेपाली समय अनुसार २:४५ बजेदेखि सुरु हुँदै छ ।

नेपालले पछिल्लो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसको यस सिरिजमा पहिलो खेल खेल्दै छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ५ एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले ३ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ ।
पछिल्लो पटक दुवै देशबीच २०२५ जुनमा खेल भएको थियो र सो खेल नेपालले १६ रनले जितेको थियो । यस सिरिज खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टिम नेदरल्याण्डस पठाएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, इशान पाण्डे, आरिफ सेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।
लिग९२ यो सिरिज ३१ जुलाईसम्म हुने छ । यस सिरिजमा जुलाई २५ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने छ भने जुलाई २७ मा नेपाल र नामिबिया, जुलाई २९ मा नेपाल र नेदरल्याण्डस र जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने तालिका छन् ।
लिग९२ को अहिलेसम्मको अङ्क तालिकामा नेदरल्याण्डस २८ खेलमा ३२ अङ्कसहित तेस्रो स्थानमा छ भने नेपाल २९ खेलमा २४ अङ्कसहित पाँचौँ स्थानमा छ । त्यस्तै नामिबिया २९ खेलमा २६ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।














