Logo
Logo

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा पराजित


189
Shares

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भयो ।

The current image has no alternative text. The file name is: volleyball.jpg

पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० ले हराएको हो । पाकिस्तानले यसअघि पनि आफ्नो दुई खेल ३–० को सोझो सेटमा नै जितेको थियो । नेपाल भने श्रीलंका र काजकिस्तानसँग पराजित भएको थियो ।

अब नेपालले बङ्गलादेश र उज्वेकिस्तानसँग खेल्नेछ । शीर्ष–४ मा रहँदै सेमिफाइनल पुग्न नेपालले बाँकी दुई खेलमा जीत निकाल्नुपर्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलंका, बङ्गलादेश र उज्वेकिस्तान गरि ६ टोली छन् । सबैले एकअर्कासँग खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्