Logo
Logo

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै


189
Shares

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै छ । पाकिस्तानको इस्लामाबादमा हुने यो खेल नेपाली समय अनुसार १२: १५ बजेदेखि सुरु हुँदै छ । 

The current image has no alternative text. The file name is: vollyeball.jpg

नेपालले प्रतियोगितामा यसअघि खेलेका तीन खेलमा लगातार हार बेहोरेको छ ।  नेपालले पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलङ्कासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो । 

नेपालको ३ खेलमा तालिकामा २ अङ्क जोडेको छ । प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलङ्का र बङ्गलादेश सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्