Logo
Logo

विश्वकप लिग-२ मा नेपालको लगातार तेस्रो हार


189
Shares

काठमाडौं । आइसीसी विश्वकप लिग २ को जारी सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछाएको नेपालले निर्धारित ५० ओभरमा  ६ विकेट गुमाउँदै २०८ रन मात्रै बनाए पछि खेल ३ रनले हारेको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४५ रन बनाए भने कुशल भुर्तेलले ३४ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ४१ रन र आरिफ सेखले ३८ तथास गुलशन झाले १९ रन बनाएका थिए ।  नामिबियाको लागि बलिङतर्फ ज्याक ब्रासेलले सर्वाधिक ३ विकेट लिए ।रुबेन ट्रम्पलमेनले २ विकेट लिए । 

टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो । नामिबियाका लागि जान फ्राइलिंकले शतकीय पारी खेलेका थिए । उनले १४९ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यसैगरी लोउरेन स्टीनकाम्पले ५९ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसीले ५ विकेट लिएका थिए । योसँगै करणले एकदिवसीय क्रिकेटमा आफ्नो १०० विकेट पुरा गरेका छन् । करणले ७२ खेलमा कुल १०३ विकेट लिएका छन् । उनी नेपालमा सय विकेट लिए सन्दीप लामिछानेपछि दोस्रो खेलाडी हुन् । सन्दीपले १५४ विकेट लिएका छन् ।

यो जितपछि नामिबिया ३१ खेलमा २६ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ र नेपालको ३१ खेलमा २४ अङ्कसहित छैटौँ स्थानमा झरेको छ । नेपालले सिरिजको अर्को खेल भोली नेदरल्याण्डससँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्