Logo
Logo

सिप्रदी ट्रेडिङ प्रालिको नयाँ धमका: भित्रियो ठूलो ब्याट्री सहितको टाटा पन्च ईभी,नेपालमा छिट्टै सञ्चालन हुँदै


0
Shares

काठमाडौं । नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको पन्च ईभी फेसलिफ्ट संस्करण भित्र्याएको छ । जसलाई नयाँ पन्च ईभी पनि भनिन्छ ।

भारतमा गत फागन महिनामा २०२६ मोडलको सो ईभी लन्च भएको थियो । नेपालमा आगामी साउन २६ देखि प्रारम्भ हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा सो ईभी प्रदर्शन हुनेछ । नेपालमा टाटा पन्च ईभी पहिले पनि उपलब्ध थियो ।
सिप्रदी ट्रेडिङ प्रालिले यस विषयमा आधिकारिक जानकारी भने दिएको छैन । तर बजारमा यसको चर्चा भने चलेको छ ।

नयाँ पन्च ईभीको ब्याट्री क्षमता पहिले भन्दा थप भएको छ । नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री विकल्प उपलब्ध छन्। यो भन्दा पहिले २५ र ३५ किलोवाट आवरका ब्याट्री थिए । ३० किलोवाट आवर संस्करणको एआरएआई प्रमाणित रेन्ज २८० किलोमिटर रहेको छ भने वास्तविक सडक अवस्थामा ३६५ किलोमिटरसम्म पुग्ने दाबी गरिएको छ। ४० किलोवाट आवर संस्करणको एआरएआई प्रमाणित रेन्ज ४६८ किलोमिटर र वास्तविक प्रयोगमा ३३५ देखि ३५५ किलोमिटरको बीचमा रहने बताइएको छ।

नयाँ पन्च ईभी फेसलिफ्टमा शक्तिशाली मोटर जडान गरिएको छ, जसले ० देखि १०० किमी प्रतिघण्टा गति केवल ९ सेकेन्डमा हासिल गर्न सक्छ। १९५ एमएम ग्राउन्ड क्लियरेन्स र ४५० एमएम वाटर वेडिङ क्षमता भएकाले खराब सडक तथा पानी जमेको क्षेत्रमा पनि सहज रूपमा सञ्चालन गर्न सकिने बतााइएको छ ।

गाडीको चार्जिङ क्षमतामा पनि सुधार गरिएको छ। डीसी फास्ट चार्जर प्रयोग गर्दा गाडीलाई २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्ने कम्पनीको दाबी छ। साथै, केवल १५ मिनेट चार्ज गर्दा १३५ किलोमिटरको रेन्ज प्राप्त गर्न सकिने उल्लेख गरिएको छ। देशभर चार्जिङ पूर्वाधार विस्तार भइरहेको पनि कम्पनीले जनाएको छ।
यस ईभिको फाइदा यस्ता छन्,
एलईडी हेडलाइट, डीआरएल, कनेक्टेड एलईडी टेलल्याम्प, १६ इन्चसम्मका अलोय ह्विल, इन्टेरियरमा प्रिमियम डुअल–टोन ड्यासबोर्ड, फ्रन्ट भेन्टिलेटेड लेदरेट सिट, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, १०।२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, बिग डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एयर प्युरिफायर जस्ता आधुनिक सुविधा दिइएको छ।

समग्रमा, नयाँ २०२६ टाटा पन्च ईभी फेसलिफ्ट आकर्षक डिजाइन, सुधारिएको रेन्ज, फास्ट चार्जिङ, उन्नत प्रविधि र लाइफटाइम ब्याट्री वारेन्टीसहित उपलब्ध भएको छ । नेपालमा उपलब्ध हुने विभिन्न भेरिएन्ट र फिचर तथा मूल्यको वारेमा कम्पनीले औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्