Logo
Logo

ग्यासको कृत्रिम अभाव र कालोबजारी भए उजुरी गर्न उद्योग मन्त्रालयको आग्रह


252
Shares

काठमाडौं । पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनमालाई प्राथमिकता दिएको छ । 

The current image has no alternative text. The file name is: udyog-mantralay.jpg

ग्यास नपाएर उपभोक्ताहरू घण्टौँसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाइ भए सिधै सम्पर्क गर्न अपिल गरेको हो ।

कुनै पनि उपभोक्ताले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी गरिएको वा आपूर्तिमा कुनै समस्या देखे मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरी जानकारी गराउन सक्नेछन् ।

उपभोक्ताबाट प्राप्त जानकारी र गुनासो गम्भीरतापूर्वक लिइने मन्त्रालयले जनाएको छ । २० दिनदेखि बजारमा ग्यास आपूर्ति असहज बन्दा सर्वसाधारण मर्कामा छन् । ग्यास डिपोहरूमा लामो लाइन लाग्ने तर रित्तो सिलिन्डर लिएर फर्किनुपर्ने बाध्यता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्