Logo
Logo

अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा स्टोर्स सञ्चालन गर्ने भाटभटेनीको तयारी


378
Shares

काठमाडौं । भाटभटेनीले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनको तयारी गरेको छ । राति कार्यरत कर्मचारीलाई नियमित तलबमा २५ प्रतिशत भत्ताको व्यवस्थाको साथ स्टोर्स सञ्चालन गर्न लागिएको हो ।

पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका सञ्चालक कल्याण गुरुङका अनुसार बुधबारदेखि भक्तपुर २४ सै घण्टा खुला गर्ने तयारी गरिएको छ । त्यसो हुँदा केही समयपछि ग्राहकलाई राति १० बजेसम्म सेवा प्रदान गर्न सकिनेछ ।

ग्लोबली ट्रेन्ड अनुसार अघि बढ्ने योजना बनाएकाृ.े गुरुङको भनाइ छ । हाल बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म खुला रहँदै आएको भए पनि २४ सै घण्टा खुला राख्दा ग्राहकलाई नै सहज हुने भाटभटेनीको विश्वास छ ।

गुरुङका अनुसार भक्तपुरलाई पाइलट प्रोजेक्टका रुपमा बुधबारदेखि २४ सै घण्टा खुला राख्ने तयारी गरिएको छ । उनका अनुसार रातिमा काम गर्ने एउटा ‘कोर टिम’ तयार पारिएको छ ।

जसले नियमित तलबभन्दा २५ प्रतिशत बढी रकम प्राप्त गर्नेछन् । राति चिया खाजाको पनि व्यवस्था गरिएको छ । त्यो उनीहरुका लागि विशेष सुविधा उपलब्ध गराइएको हो ।

भाटभटेनी मुलुकको सबैभन्दा ठूलो चेन स्टोर हो । गतवर्ष जेनजी आन्दोलनअघिसम्म कम्तिमा पनि २८ वटा स्टोरबाट सेवा दिइरहेको भाटभटेनीका १२ बढी स्टोरमा आगजनी भएको थियो । आगजनी गरिएकामध्ये अधिकांश स्टोर सञ्चालनमा आइसकेका छन् ।

भक्तपुरपछि बौद्ध, टंगाल, कोटेश्वर, पाटनलगायतका स्टोर पनि २४ सै घण्टा खुला गरिनेछ । त्यसपछि पोखरा, बुटवल, नारायणगढलगायतका प्रमुख सहरका स्टोर पनि त्यसैगरी खुला राखिने भाटभटेनीका सञ्चालक गुरुङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्