काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको मिति घोषणा गरेको हो ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म अर्थात् अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ । एनपीएल तेस्रो संस्करणका लागि खेलाडी अक्सन यसअघि नै भइसकेको छ ।














