काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि तीन लाखमाथि पुगेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोला ३ लाख १ हजार ७०० कायम भएको छ ।

गत शुक्रवार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ हजार ८ सय रुपैयाँ बढी हो ।
यस्तै, एक तोला चाँदीको मूल्य ४ हजार ६४५ रुपैयाँमा पुगेको छ । शुक्रवार सोही परिमाणको चाँदी ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।














